Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


रौतहटमा ‘धुर्मुस-सुन्तली’ले नमुना बस्ती निर्माण गर्ने


0
Shares

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको सो बस्तीको बुधबार १०६ बर्षिया रामकली हजराले शिलान्यास गरिन् ।

यसअघि तीन स्थानमा एकीकृत नमूना बस्ती निर्माण गरिसकेको फाउन्डेसनले सो बस्तीमा ५ करोड ७५ लाख रुपैयाँको लागतमा ४५ वटा आवासीय घर, एउटा भ्युटावर, एक सामुदायिक भवन, एक मन्दिर, सार्वजनिक धारा र शौचालय बनाउने भएको छ ।

आर्थिक अवस्था कमजोर रहेको सो बस्तीमा माझी, दुसार, लोहार, मुसहर र हजाम जातिको बसोबास छ ।

आगामी माघ २४ गते परियोजना हस्तान्तरण गर्ने लक्ष्यका साथ आजबाट निर्माणको काम थालिएको सिताराम कट्टेलले जानकारी दिए ।

फाउन्डेसनकी कुञ्जना घिमिरेले शिलान्यासपछि मिठाई बाँडेर खुशीयाली साटेकी थिइन् ।