Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


तीनै तहको सेवा ऐन जारी गरेर मात्र कर्मचारी समायोजन गर्न माग


0
Shares

चितवन । नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र कर्मचारी समायोजन गर्न सरकार समक्ष माग गरेको छ ।

चितवनमा दुई दिनसम्म चलेको पांचौं केन्द्रीय बैठकको निर्णय सार्वजनिक गर्दै संगठनले सेवा संचालन ऐन बिना समायोजन प्रक्रिया अन्योल हुने भएकाले तीनै तहको सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अघि बढाउन माग गरेको हो ।

संगठनले कर्मचारी समायोजन अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा दर्ता गरी प्रदेश र स्थानीय तहमा समायोजनमा भएर जाने कर्मचारीहरुलाई एक श्रेणी बढुवासहित समायोजन गर्दै समायोजन प्रक्रियामा देखिएका समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने जनाएको छ ।

संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले कर्मचारीको हकहित र प्रशासनिक कार्यलाई मजबुत बनाउन बैठकले महत्वपूर्ण निर्णय गरेको जानकारी दिए ।

बैठकले कर्मचारी संगठनहरु खारेजीको विषयमा कुनै निर्णय नभएको भन्दै सरकारले सगंठनहरु खारेज गर्न नसक्ने जनाएको छ ।