
चीनको हुनान प्रान्तका ४७ वर्षीय लिलिवानलाई प्रहरीले अमेरिकी डलरसहित पक्राउ गरेको हो ।
अवैध रुपमा अमेरिकी डलर बोकेर नेपालबाट चीन जाँदै गरेका उनलाई रसुवागढी नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल टिमुरेका प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिए ।
चेक जाँचका क्रममा झोलाभित्र लुकाई चीन लैजान लागेको अवस्थामा ५० हजार अमेरिकी डलर भेटिएको उनले बताए ।
पक्राउ परेका चिनियाँ नागरिकका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सनतकुमार क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्