१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी


0
Shares

काँगे्रसका राम आश्रय साह ४ हजार ५ सय २१ मत प्राप्त गरि अध्यक्षमा बिजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरी शाहले ३ हजार २ सय ८२ मत प्राप्त गर्नुभयो । धनकौल गाउँपालिकाको उपाध्यक्षमा पनि कांगे्रसकै उम्मेदवार बिजयी भएका छन् ।

काँगे्रसकी अकली सहनी ४ हजार ४ सय ६१ मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

सहनीकी प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी संगिता कुमारीले ३ हजार २ सय ९० मत प्राप्त गरेकी छिन् ।

साबिकका धनकौल सहित हरकठवा, महिनाथपुर, सेखौना र छटौललाई मिलाएर हाल धनकौल गाउँपालिका कायम गरिएको हो ।

७ वटा वडा रहेको धनकौलमा ४ वटा वडामा काँगे्रस र ३ वटा वडामा माओवादी केन्द्र बिजयी भएका छन् ।