
प्रभागबाट खटिएको टोलीले बिहीबार बिहान जाँचका क्रममा ना५ख १६८३ नम्बरको गाडीमा मरेका खसीबोका ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो ।
प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको छ ।
प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ ओटा खसीबोका ल्याउँदै गरेकामा २८ ओटा मरेको फेला पारेको राससलाई जानकारी दिए ।
दशैँ सुरु भएसँगै पशुपंक्षी विकास मन्त्रालयले समेत अनुगमन बढाएको छ । पशुपंक्षी विकासमन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवरसहितको टोलीले बिहीबार कलंकीस्थित खसीबजारको निरीक्षण गरेका थिए ।
खसीबोका अवलोकनपछि मन्त्री थारुले स्वस्थ्य र अस्वस्थ्य खसीको वर्गीकरण गरी दशैँ, तिहार तथा छठपर्वमा बिक्री वितरण गर्न बिक्रेतालाई निर्देशन दिएका छन् ।
पशुपंक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसीबोका ओसारपसार तथा बिक्री वितरण गरे प्रतिखसीबोका रु ५०० देखि ५००० जरिवाना गर्ने व्यवस्था छ । रासस
प्रतिक्रिया दिनुहोस्