चितवन, पुस २८ । चितवनको खैरहनी नगरपालिकाको गौचरनमा शनिबारदेखि छैटौं खिचरा महोत्सव सुरु भएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमकाबीच महोत्सवको उद्घाटन गरे ।
महोत्सव उद्घाटनअघि शनिबार बिहान पर्साबजारको मगनीचोकबाट झाँकीसहितको शोभायात्रा महोत्सवस्थल पुगेको थियो ।
महोत्सवमा पहिलो दिन थारुलगायत अन्य जातजातिका सांस्कृतिक नृत्य र गायक मिलन लामा तथा सन्जय चौधरीको विशेष प्रस्तुति रह्यो ।
महोत्सवमा थारु मिनि गाउँ, बालउद्यान, विभिन्न व्यापारिक स्टलहरु रहेका छन् ।
महोत्सव आगामी माघ ७ गतेसम्म चल्नेछ ।
थारु कल्याणकारिणीसभा चितवन क्षेत्र नम्बर–७ ले विगत ६ वर्षदेखि थारु समुदायको महान् चाड ‘खिचरा’ (माघी)को अवसरमा महोत्सव गर्दै आइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्