Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी


0
Shares

अध्यक्षमा हरिनारायण साहले तीन हजार ६७८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रामक्षेत्री कुर्मीले एक हजार ८०० मत प्राप्त गरे ।

त्यसैगरी, उपाध्यक्षमा सावित्री देवीले दुई हजार ४७१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकै सुगानधिदेवीले दुई हजार १७ मत प्राप्त गरिन् ।

त्यस्तै, परवानीपुर गाउँपालिकाका वडाध्यक्षमा क्रमशः वडा नम्बर–१ मा राजपाका मिस्त्री सहनीे (५५९), वडा नम्बर–२ मा नेपाली कांग्रेसका किशोरीप्रसाद तेली (६९३), वडा नम्बर–३ मा राजपाका अनिल राम (७५८), वडा नम्बर–४ मा नेकपा एमालेका गजेन्दैप्रसाद पटेल (५३९) र वडा नम्बर–५ मा संघीय समाजवादी फोरम नेपालका रामेश्वरप्रसाद कलवारले (७९४) मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुराज रेग्मीले जानकारी दिए । रासस