
उनी चार वर्ष जेल जिवनपछि चलचित्र ‘भूमि’मार्फत् पुनः यस क्षेत्रमा फर्केको भारतीय सन्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
चार वर्षको जेल जिवनपछि पहिलोपटक अभिनय गरिएको चलचित्र ‘भूमि’को बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराइएको छ ।
उक्त चलचित्रमा उनले नायिकाको बुबाको भूमिका निर्वाह गरेका छन् । शुक्रबारै सो चलचित्र सार्वजनिक हुने पोस्टर भारतका विभिन्न स्थानमा टाँसिएको छन् ।
चलचित्रमा नायिका रहेकी आफ्नी छोरीलाई बलात्कार गर्नेहरुलाई बदला लिने एकजना सशक्त बुबाको भूमिका निर्वाह गरेका छन् ।
उनी सन् २०१६ मा जेलमुक्त भएका थिए । सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उनीमाथि हतियार आपूर्ति गरेको आरोप लागेको थियो । सोही अभियोगका लागि उनी चार वर्ष जेल बस्नुपरेको थियो ।
५८ वर्षीय दत्तले अभिनय गरेको चलचित्र ‘भूमि’लाई ओमुंग कुमारले निर्देशन गरेका हुन् । सो चलचित्र सञ्जय दत्तकै कारण निकै चर्चित हुने अपेक्षा सर्वत्र गरिएकोे छ ।
सञ्जय दत्तलाई मन पराउने दर्शकले उक्त चलचित्रको टिकट पहिले नै लिइसकेका जनाएका छन् ।
उनले यसबाहेक अरु तीन ओटा चलचित्रमा अभिनय गर्दैछन् । ती चलचित्रको छायांकनका लागि उनी केही महिनादेखि नै निकै ब्यस्त रहदै आएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्