१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


सिरहाको सुखीपुर नगरपलिकामा एमालेले गठबन्धनलाई हराउँदै प्रमुख–उपप्रमुख जित्यो


0
Shares

शुक्रबार अपराह्न सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी भएका हुन् ।

यादवले ६ हजार १११ र उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार हजार १८६ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकै साहले ६ हजार ८६ र उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीपनारायण यादवले तीन हजार ३५४ मत ल्याएका छन् ।

यससँगै एमालेले सिरहाको तीन स्थानीय तहमा विजयी हासिल गरेको छ । रासस