२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


टेलिकमको खुद मुनाफा १५ अर्बमाथि


0
Shares

टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षको समीक्षा गर्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले शुक्रबार राजधानीमा टेलिकमको सेवा विस्तार एवं गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताइन् ।

उपकरणहरुको अवरोधरहित सन्चालन तथा गुणस्तरीय सेवाका लागि कम्पनीको पुनसंरचनाअनुसार देशभर १६ स्थानमा ‘इन्टरग्रेटेड मेन्टिनेन्स युनिट’ गठन भइ काम सुरु भएको राजभण्डारीले बताइन् ।

टेलिकमले गत आर्थिक वर्ष २०७३/०७४ मा १५ अर्ब १ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको जनाएको छ ।

टेलिकमको अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १ अर्ब ८३ करोड रुपैयाँले बढेको जनाइएको छ ।