कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले शनिबार राजधानीमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता सिंहले जिल्ला तहलाई दिएको अधिकार प्रयोग गर्न नसकेको, एकले अर्कालाई ‘देखाइदिन्छु’ भन्ने भावनाको विकास पार्टीमा बढेको भन्दै चिन्ता व्यक्त गरे ।
आफू भए ठीक र अरु हुँदा गलत भन्ने संस्कारले कांग्रेसलाई क्षति पुगेको उनको भनाइ थियो ।
उनले अब प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्रियाशीलताका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजन केसी, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलगायतले कांग्रेस बलियो भएमात्र लोकतन्त्र संस्थागत हुने जिकिर गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्