
१८ वर्षीया ‘मिस टर्की’ आइतिर एसेनले टर्कीमा भएको सैनिक विद्रोहसँग सम्बन्धित बिषय ट्वीटरमा पोष्ट गरेपछि शुक्रबार उनको ‘मिस टर्की’को खोसिएको हो ।
एसेनले उक्त ट्वीटमा ‘शहिद’को रगतलाई आफ्नो ‘पीरियड्स’को रगतसँग तुलनजा गरेकी थिइन् ।
सन् २०१७ को मिस टर्कीको आयोजक संस्था ‘ब्यूटी कन्टेस्ट’ले एसेनको उक्त ट्वीट ‘अस्वीकार्य’ रहेको बताउँदै शुक्रबार उनको मिस टर्कीको ताज फिर्ता लिने निर्णय गरेको पुष्टि गरेको छ ।
उनले गत जुलाई १५ मा ट्वीटरमा लेखेकी थिइन्, ‘१५ जुलाई मनाउँदै गर्दा आज मलाई पीरियड्स भएको छ, मेरो यो रगतले शहिदको रगतलाई बुझाउँछ ।’
उनले ‘सैनिक विद्रोह’ असफल भएको एक सालको खुशियाली मनाउँदै गर्दा उक्त ट्वीट पोष्ट गरेकी थिइन् । सन् २०१६ को जुलाई १५ मा टर्कीमा ‘सैनिक विद्रोह’ असफल भएको थियो । उक्त विद्रोहमा करिव २५० जनाको मृत्यु भएको थियो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले ती २५० जनालाई ‘शहिद’ मान्दै आएका छन् ।
मिस टर्कीको उक्त पुरानो ट्वीट् सन्चारमाध्यममा आएपछि विवादास्पद बनेको थियो । गत बिहीबार इस्तानबुलस्थित एक समारोहमा एसेनको उक्त ट्वीटको आधिकारिकता पुष्टि भएपछि उनको मिस टर्कीको ताज फिर्ता लिने निर्णय शुक्रबार आएको ‘अन्तराष्ट्रिय सन्चारमाध्यम’हरुले उल्लेख गरेका छन् । । -एजेन्सी
प्रतिक्रिया दिनुहोस्