Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


सप्तरीको बोदेवर्साइन नगरपालिकामा फोरम नेपालको जित


0
Shares

संघीय समाजवादी फोरमका आतिश सिंह यादवले चार हजार ५४७ मत ल्याएर प्रमुखमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले तीन हजार २९८ मत प्राप्त गरे ।

उपप्रमुखमा संघीय फोरम नेपालकै रञ्जु साह निर्वाचित भएकी छन् । साहले तीन हजार ७२१ मत प्राप्त गरी राजपा नेपाललाई पराजित गरेकी छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राजपाका उपप्रमुख उम्मेदवार रेणु साहले तीन हजार ६३७ मत मात्र प्राप्त गरेकी छन् । रासस