
जिल्ला स्वास्थ्य कार्यालयले सन्चारकर्मीसँग अन्तरक्रिया गर्दै ती स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सुचारु गर्न लागेको जानकारी दिएको हो ।
आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित संक्रान्ति र बसन्तपुरका प्राथमिक स्वास्थ्य केन्द्र तथा चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ र आङबुङ स्वास्थ्य चौकीहरुबाट समेत औषधीको प्रयोग गरी सुरक्षित गर्भपतन सेवा उपलब्ध हुने जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्तिनारायण शाहले बताए ।
योसँगै सुरक्षित गर्भपतन गर्न पाउने महिलाको प्रजनन् स्वास्थ्य अधिकार दुर्गम बस्तीका महिलाले पनि प्राप्त गर्ने छन् ।
यो सेवा प्रदान गर्न जिल्लाभर २७ जना दक्ष स्वास्थ्यकर्मी उपलब्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७३÷७४ मा ४८ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
नेपालमा महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ सूचीकृत स्वास्थ्य संस्थाबाट पतन गर्न पाइने कानुनी व्यवस्था छ ।
त्यसमा पनि नौ हप्ताभन्दा माथिको गर्भपतन गर्न भने प्राविधिक उपकरणहरुको नै प्रयोग गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्