
प्रहरीले गत बुधबार अपराह्न सिद्धार्थनगर नगरपालिका– ६ भैयाटोल बस्ने गीतादेवी विकको घरभित्र पसेर स्टिल दराज तोडी चोरी गरेको अभियोगमा रुपन्देही, सिद्धार्थनगर नगरपालिका– ६ बस्ने २२ वर्षीय सुमिन सिंहलाई चोरीका गरगहना र नगदसहित सिद्धार्थनगर– ६ भैयाटोलबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
अभियुक्तका साथबाट प्रहरीले दुई थान छिनेको पोतेसहितको सुनको जन्तर, एक थान छिनेको पोतेसहितको सुनको मंगलसूत्र, एक थान सुनको चन्द्रमा थान, दुई थान पत्थरसहितको सुनको औठी, एक एक जोर सुनको झुम्का र मुन्द्रा तथा एक जोर सुनको टपसहित रु १३ हजारसमेत बरामद भएको जनाइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्