२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


चिकित्सकले गरे अञ्चल अस्पताल ठप्प, बिरामी निजी क्लिनिक र भारतीय अस्पतालमा


0
Shares

तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी उपचारका लागि अन्यत्र जान थालेका छन् ।

सरकारले ल्याएको विधेयकको विरोध गर्दै चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामीले चर्काे शुल्क तिर्दै निजी क्लिनिक र भारतका निजी अस्पतालमा उपचार गराउनुपरेको छ ।

चिकित्सकको राष्ट्रव्यापी आन्दोलन भएकाले यसबाट बिरामी मर्कामा परेको महाकाली अन्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए ।

दुर्गम गाउँबाट उपचारका लागि पुग्ने बिरामीले बढी सास्ती खेप्नु परेको छ । रासस