करेन्ट लागेर एक जनाको मृत्यु, ४ जना घाइते • Image Khabar Image Khabar


करेन्ट लागेर एक जनाको मृत्यु, ४ जना घाइते


Imagekhabar
१७ असार २०७५, आईतवार ०५:५३

करेन्ट लागेर एक जनाको मृत्यु, ४ जना घाइते

                    करेन्ट लागेर घाइते भएकाको उपचार हुँदै

कञ्चनपुर, असार १७ । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लालझाडी गाउँपालिका–५ का शिवाराज राना रहेका छन् ।

भीमदत्त नगरपालिका–३ मा बिजुलीको लाइन विस्तार गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

घाइते हुनेमा सन्दिप चौधरी, जोहरलाल राना, अनिल चौधरी र कैलालीका  बालकिरण चौधरी रहेका छन् । उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्