
विराटनगरबाट पक्राउ परेकामध्ये एक जना भारतीय पनि छन् । मोरङ प्रहरीले आइतबार सार्वजनिक गरेकाहरुमा विराटनगर–१५ का १९ वर्षीय भोला ठाकुर, २१ वर्षीय विशालकुमार रोय, २० वर्षीय वसन्तकुमार पासवान, २३ वर्षीय अजय मण्डल र भारत जोगवनीका राजेशकुमार राम रहेका छन् ।
प्रहरीले उनीहरुबाट ५६ हजार नगद, चार थान मोबाइल सेट, २ थान भारतीय मोबाइलका सीमकार्ड र नागरिकताको प्रमाण पत्र पनि बरामद गरेको छ ।
यो गिरोहले टेलिफोन र भाइवरमार्फत नगद र गाडीका चिठ्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट ११ लाख २५ हजार ५ सय २ रुपैयाँ ठगी गरेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्