१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


राजमार्गका पुल धराप बन्दै


0
Shares

काठमाडौं, पुस २८ । महोत्तरीका बर्दिबास, सीतापुर, भंगाहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर गिट्टी, बालुवा उत्खननको अनुमति दिने र वार्षिक करोडौं राजस्व उठाउने गरेका छन् ।

तर, नदीजन्य वस्तु निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडदा जिल्लाका राजमार्ग र सहायक सडक जिर्ण बन्दै गएकामात्र छैनन्, पुलहरु त धराप नै भइसकेका छन् ।

जीर्ण सडकका कारण यात्रुहरुले सास्ती खेप्नु परेको छ भने सडकमा र पुलपुलेसामा गरिएको अर्बौं लगानी खेर जाने सम्भावना बढेको छ । –नागरिक दैनिकबाट