१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


दुबै हात गुमाएका गायक बम्जनले आफ्नै शब्द र संगीतमा ल्याए म्युजिक भिडियो


0
Shares

दुबै हात गुमाएका गायक तथा संगीतकार बम्जनले आफ्नै गीत, शब्द तथा संगीतमा जिनियस म्युजिकमार्फत ‘फूल बारीमा’ बोलको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

करिव ६०० भन्दा बढी गीतमा संगीत दिइसकेका बम्जनले विसं २०५९ मा द्वन्दकालमा दुबै हात गुमाएपछि मुखकै सहाराले गीत लेखन र संगीत कम्पोज्डलाई अगाडी बढाएका छन् ।

उनले भारतीय संस्था ‘यूनिक वर्ल्ड रेर्कड, मिराकल वर्ल्ड रेर्कड र एभरेष्ट वर्ल्ड रेर्कड’बाट संगीत क्षेत्रमा तीनओटा विश्व कीर्तिमानसमेत राखिसकेको बताए । यसअघि उनले चलचित्र ‘२ रुपैयाँ’को आइटम गीत र चर्चीत ‘भिमफेदी गाइज’ समुहको गीतमा समेत संगीत दिइसकेका छन् ।

म्युजिक भिडियो यूट्युबमा सार्वजनिक गरिएको २४ घन्टामा दुई लाख दर्शकले हेरिसकेका छन् ।

भिडियो हेर्नुस्