२६ श्रावण २०८२, सोमबार | Tue Aug 12 2025


रौतहटमा गोली प्रहार गरी एक व्यक्तिको हत्या


0
Shares

परोहा नगरपालिका–२ जिगडियाका २५ वर्षीय अकबर भनिने अब्बु सहिदको गोली प्रहार गरी हत्या भएको छ ।

४÷५ जनाको समूहमा आएका व्यक्तिले घरमै सुतिरहेका सहिदमाथि बिहान पौने ४ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

छातीमा गोली लागेका उनको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा परोहा नगरपालिकाको वडा नम्बर २ बाट मृतकको बुवा शेराजुद्धिन नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

सो वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहम्मद एजाजुर रहमान विजयी भएका थिए ।