१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विज्ञ सम्मेलनको सुझाव प्रधानमन्त्रीसमक्ष पेस


0
Shares

काठमाडौं, पुस २७ । गैरआवासीय नेपाली संघले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधिमन्डलले सो सुझाव पेस गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषतः ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताएका थिए ।

संघका पदाधिकारीले संसदमा विचाराधीन रहेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकलाई संघले राखेको सुझावसहित पारित गरी कार्यान्वयनमा ल्याउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।