१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अनौठो शैलीमा सार्वजनिक भयो ‘जन्मदिनको शुभ कामना गीत’


0
Shares

चहलपहलबीच कार्यक्रममा सहभागीहरुबीच गाईँगुई थियो–के हुँदैछ आज ? ‘जन्मदिनको निमन्त्रणा’ भनेर निम्त्याइएका अतिथिहरु कार्यक्रम स्थलमा जन्मदिन मनाउने कुनै तरखर नरहेको देख्दा र मुख्य ब्यानर समेत छोपिएको कारण पनि वास्तविकता बुझ्न आतुर देखिन्थे ।

मञ्चमा नेपालमण्डल टेलिभिजनकी समाचार प्रस्तोता मीना बज्राचार्य देखा परिन् र भनिन् “आज के हो मलाई पनि थाहा छैन । तैपनि मेरो जिम्मेवारी केही चिरपरिचित कलाकारहरुको प्रस्तुति उद्घोष गर्नु भएकोले म त्यही गर्दैछु ।”

लहरै सुरज ब्यञ्जनकार, श्रजल महर्जन, अमर चित्रकारले गीत प्रस्तुत गरे भने आराध्यालक्ष्मी खड्गीले नृत्य प्रस्तुत गरे ।

यो प्रस्तुति सम्पन्न भएपछि संचार, साहित्य तथा संगीत क्षेत्रमा क्रियाशील सुरजवीर बज्राचार्यलाई माइक हस्तान्तरण गरियो मूल कार्यक्रम सञ्चालनको लागि ।

उनले ‘जन्मदिनको निमन्त्रणा’मा उपस्थितहरुलाई आफ्नी श्रीमती रमा बज्राचार्यको जन्मदिन भएको जानकारी गराए र आफ्नी उनलाई मञ्चमा बोलाए ।

श्रीमती रमालाई खादा लाइदिंदै बज्राचार्यले जन्मदिनको शुभकामना ब्यक्त गरे भने बज्राचार्यलाई उनकी श्रीमती रमाले खादा लगाइदिंदै धन्यवाद भनेपछि कार्यक्रम स्थलमाखुशी छाएको थियो ।

यो जानकारीले कार्यक्रमका बारेमा निश्चित देखिएका आगन्तुकहरुमा फेरी उत्सुक्ता देखियो जब बज्राचार्यले कार्यक्रम आयोजनाको प्रमुख कारण आफ्नी श्रीमतीको जन्मदिन नभएको उल्लेख गर्दै संगीतकार एवं संगीत संयोजक जुगल डंगोललाई मञ्चमा बोलाए ।

त्यसपछि मञ्चमा देखिए संगीतकार वदन शर्मा, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जन, संचारकर्मी बज्राचार्यका पिता चित्रवीर बज्राचार्य तथा माता ज्ञानीदेवी बज्राचार्य र कार्यक्रम रहस्यको उद्घाटन भयो ।

मञ्चमा आशिन ब्यक्तित्वहरुले नेपालभाषाको जन्मदिनको शुभकामना गीत र काराओके ट्रयाक रहेको सिडी ‘बूदिंया भिंतुना म्ये (जन्मदिनको शुभकामना गीत)’ विमोचन गरे । शुभकामना गीत बज्यो ।

संचारकर्मी सुरजवीरको शब्द र स्वर रहेको, जुगल डंगोलले संगीत संयोजक गरेको मंगलधुनमाबनाइएको उक्त गीत गुञ्जिन थालेसँगै छोपिएको ब्यानर पछि हट्यो ।

कार्यक्रममा संचारकर्मी बज्राचार्यले आफ्नी श्रीमतीको जन्मदिनको अवसर पारी आयोजना गरेको कार्यक्रममा उपहार स्वरुप “बूदिंया भिंतुना म्ये” अर्थात “जन्मदिनको शुभकामना”नेपालभाषाकोगीतको जन्म दिनको निमन्त्रणा गरिएको उद्घोष भएपछि वास्तविकता खुल्यो ।

यस कार्यक्रममा बोल्नु हुँदै संगीत संयोजक डंगोलले “यो गीत नेवार समुदायको जन्मदिनको गीत बनोस्” भन्ने चाहनाले निर्माण भएको बताए ।

अथितिहरु श्रीकृष्ण महर्जन तथा संगीतकार वदन शर्माले सुरजवीरसँगको सम्बन्ध र ब्यक्तित्व प्रकाश पार्दै शुभकामना ब्यक्त गरे भने सर्जक बज्राचार्यका पिता चित्रवीर बज्राचार्यले छोरा घरमा एकछिन नटिकेको प्रति चिन्ता रहेको बताउँदै छोराको सृजना र सक्रियताले आफ्नो निकै खुशी रहेको बताउँदै शुभकामना ब्यक्त गरे ।

समेबजि खाँदै आगन्तुकहरुले कार्यक्रम निर्माण शैलीमा रहेको रहस्य र उद्घाटनको अनौठो शैलीबाट प्रभावित भएको चर्चा गरेका थिए भने कार्यक्रम समापन पश्चात स्वतस्फूर्त सहभागीहरु नाचेका समेत थिए ।