२६ श्रावण २०८२, सोमबार | Tue Aug 12 2025


रौतहटमा स्थानीय तह निर्वाचनपछि दुुईजनाको हत्या


0
Shares

जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली कांग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ ।

वडाध्यक्षका पराजित उम्मेदवार शेख सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलकाअनुुसार सोमबार बिहान करिब ३.३० बजे आफ्नै घरको बरन्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातिमा दुुई गोली हानेका थिए ।

घटनालगतै उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजानेक्रममा बाटोमै मृत्युु भएको थियो ।

घटना राजनीतिक कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको एसपी पाखरेलले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा दुुईजनालाई नियन्त्रणमा लिएको र थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षण भइसकेको प्रहरीले जनाएको छ ।

यसअघि, कटहरिया नगरपालिका–३ बलुुआ टोलका राजपा नेपालका कार्यकर्ता रामपुुकार यादवको हत्या भएको थियो ।

स्थानीय तह निर्वाचनको भोलिपल्ट गत असोज ३ गते बलुुआटोलमा चुुनावकै विषय लिएर नेपाली कांग्रेसका कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता यादवको घटनास्थलमै मृत्युु भएको थियो ।

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले कटहरिया नगरपालिका–३ का कांग्रेसका उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरा भुुटा राय यादव, कांग्रेस कार्यकर्ता अनुुठा यादव र बैजुुप्रसाद कलवारलाई पक्राउ गरेको छ ।

वडाध्यक्षका पराजित उम्मेदवार यादवसँगै उनका पक्षधर झन्डै दुुई दर्जन मानिस बेपता भएका छन् ।

उक्त घटना पनि राजनीतिक कारणले भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस