चार दिनदेखि स्वास्थ्य संस्था ठप्प, आन्दोलन नरोकिने चिकित्सक संघको ढिपी • Image Khabar Image Khabar


चार दिनदेखि स्वास्थ्य संस्था ठप्प, आन्दोलन नरोकिने चिकित्सक संघको ढिपी


Imagekhabar
९ आश्विन २०७४, सोमबार १६:०७

चार दिनदेखि स्वास्थ्य संस्था ठप्प, आन्दोलन नरोकिने चिकित्सक संघको ढिपी

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए क्षतिपूर्नि चिकित्सकबाटै भराउने गरी कानुन बनाउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सकले गरेका आन्दोलनका कारण चारदिनदेखि सरकारी तथा निजी अस्पताल ठप्प भएका छन् ।

आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन गर्दा टाढा–टाढाबाट उपचार गर्न काठमाडौं आएका सर्वसाधारणको बिचल्ली हुने अवस्था आएको हो ।

चार दिनदेखि आकस्मिक सेवाबाहेक सबै ठप्प पार्नु दूर्भाग्यपूर्ण भएको हाडजोर्नी विशेषज्ञ एवं स्वास्थ्य क्षेत्र सुधार अभियन्ता प्रा.डा.गोविन्द केसी बताउँछन् । आफ्नो १२ औं अनशन सुरु गर्नु अघि पत्रकारसँग डा.केसीले विरामीको अंगभंग हुने र मृत्यु हुनेमा चिकित्सकको मात्र हात नहुने भन्दै छानबीन गरी जो दोषी हो उसलाई कारवाही गर्नुपर्ने बताए ।

चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने सरकारले गरेको निर्णय फिर्ता नभएसम्म आन्दोलन नरोकिने ढिपी गर्छन् । सरकारले आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएको भन्दै चिकित्सकले स्वास्थ्य मन्त्रालय घेराउसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्