२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘१३औं ‘साग’ सन् २०१९ मै नेपालमा हुने’


0
Shares

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीबाट आएको लिखित प्रतिबद्धता वाचन गर्दै साग सन् २०१९ को ९ देखि १८ मार्चसम्म काठमाडौं र पोखरामा हुने बताएका हुन् ।

उनले सरकारले चाह्यो भने बाँकी रहेको १७ महिनाभित्रै भौतिक पूर्वाधार तयार गर्नसक्ने बताए ।

अध्यक्ष श्रेष्ठले १३औं सागमा २५ खेल समावेश हुने जनाए । उनले आयोजकका हिसाबले नेपालले कराँते र गल्फ थपेको बताए ।

ओलम्पिक खेलकुदकारुपमा फेन्सिङ परेको र १२औं सागमा समावेश टेनिस र ट्राइएथलनले निरन्तरता पाएको श्रेष्ठले जानकारी दिए ।

ओलम्पिक कमिटी कार्यालयको ताला ८ महिनादेखि नखुलेको सन्दर्भमा भने अध्यक्ष श्रेष्ठले कार्यालय नै नभइ साग हुन नसक्ने भन्दै सरकारले त्यसको वातावरण बनाउने विश्वास गरे ।

अदालतबाट आधिकारिकता पाएपछि रुक्मशमशेर राणा नेतृत्वको समूहले ओलम्पिकको कार्यालयमा ताला लगाएको हो ।

ओलम्पिक कमिटीले गर्ने सबै काम गरिरहेको जीवनराम नेतृत्वको टिम सातदोबाटोस्थित ओलम्पिक कार्यालयको क्यान्टिनमै सीमित छ ।