
उनले संसदको अवधि एकवर्ष बाँकी छँदै निर्वाचन गराउन आगामी बिहीवार संसद भंग गर्न लागेका घोषणा सोमबार (आज) गरेका हुन् ।
नयाँ चुनावको घोषणासँगै प्रधानमन्त्री आबेले १.७८ विलियन डलरको शिक्षा, ऋण कटौति र सामाजिक खर्चका लागि प्याकेज घोषणा गरेका छन् ।
प्रधानमन्त्री आबले निर्वाचनको घोषणा गरेपनि समय भने तोकेका छैनन् । तर, जापानी सन्चारमाध्यमहरुले भने नयाँ निर्वाचन आगामी अक्टुबर २२ मा गर्नुपर्ने सुझाव दिएका छन् ।
पत्रकार सम्मेलनमार्फत ताजा प्याकेजको घोषणा शिक्षा र सामाजिक सुधार कार्यक्रममार्फत भविष्यको जापान तयार पार्न आवश्यक भएको बताएका छन् । उनले आफ्नो आर्थिक सुधारको मार्ग लगातार कायमै रहने स्पष्ट पारे ।
एक महिना यता विभिन्न विवादास्पद घटना र अलोकप्रिय नीतिका कारण प्रधानमन्त्री आबेको लोकप्रियता निकै घटेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
पछिल्लो समय उत्तर कोरियाले दुई ओटा क्षेप्यास्त्र जापानको भूमिलाई पार गरेपछि जापानी नागरिकले प्रधानमन्त्री आबेको चर्को आलोचना गरेका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्