सोमबार सुनको भाउमा सामान्य कमी • Image Khabar Image Khabar


सोमबार सुनको भाउमा सामान्य कमी


Imagekhabar
९ आश्विन २०७४, सोमबार १९:४३

सोमबार सुनको भाउमा सामान्य कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार पनि तोलामा १०० रुपैयाँले नै कमी आएर तोलाको ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने तोलाको ७६० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ९५ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्