२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हेफर इन्टरनेसनल नेपाल २१औं वर्षमा


0
Shares

साना किसानहरुको दिगो विकासमा अग्रणी भूमिका खेल्न सफल रहेको दाबी गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको हो ।

हेफरले सन् १९५७ मा पशुपक्षी नश्ल सुधार कार्यक्रममार्फत् नेपालमा सहयोग सुरुआत गरेको थियो ।

हालसम्म हेफरले १०० भन्दा बढी स्थानीय संस्थाहरुको साझेदारीमा नेपालका ४१ जिल्लाका २ लाख ५० हजारभन्दा बढी गरिब तथा उत्पीडित परिवारहरुलाई सहयोग पुर्‍याउन सफल भएको दाबी गरिएको छ ।

सन् २०२३ सम्ममा प्रतिस्पर्धात्मक बाख्रा तथा दुग्धजन्य उद्यमहरुमार्फत् ५ लाख परिवारहरुलाई गरिबीको अवस्थाबाट माथि ल्याउने संस्थाको लक्ष्य रहेको कार्यक्रम निर्देशक निना जोशीले जानकारी दिइन् ।

यस कार्यक्रमले खसी–बोकाको आयातमा ५० प्रतिशत र दूधमा २५ प्रतिशतले प्रतिस्थापन गर्ने उद्देश्य लिएको हेफरले जनाएको छ ।