
अहिलेसम्म संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले १५६३५ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार अजय द्विवेदीले १४२५७ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ९५८२ मत प्राप्त गरेका छन् । उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म एमालेका उम्मेदवारले १० हजार ६ सय ३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवारले १० हजार ५ सय ६१ र संघीय समाजवादी फोरमका उम्मेदवारले ९ हजार २ सय ७३ मत पाएका छन् ।
राजविराज नगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
राजपाले २०२० मत प्राप्त गर्दा संघीय समाजवादी फोरमका उम्मेदवारले १७११ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १७०१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्