२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाल टेलिभिजन र रेडियो नेपाललाई प्रभावकारी बनाउन निर्देशन


0
Shares

काठमाडौं, पुस २७ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनमैत्री र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सरकारी  सन्चारमाध्यमको लोकप्रियता खस्कँदै गएको भन्दै प्रभावकारी कार्यक्रमहरु उत्पादन गरी जनताले हेर्ने र सुन्नेमात्र होइन, सुसूचित हुनेखालका सामग्री प्रकाशन/प्रसारण गर्नुपर्ने बताएका थिए ।

निजी सन्चारगृहकोे तुलनामा सरकारी सन्चारमाध्यम साधन–स्रोतसम्पन्न भएपनि त्यसको यथोचित प्रयोग हुन नसकेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका थिए ।

बैठकमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले ती संस्थाका वर्तमान अवस्था र भावी योजनाका विषयमा जानकारी गराएका थिए ।

यातायात व्यवस्था विभागको बेथितिको विषयमा छलफल

यता, शुक्रबारै बसेको संसदको विधायन समिति बैठकमा यातायात व्यवस्था विभागको बेथितिको विषयमा छलपल भएको छ ।

यातायातमा काम गर्ने अधिकांश कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउँदा काममा समस्या भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए ।