
राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस–२०६४ का अवसरमा मंगलबार महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षमा ९६ हजार महिलाले सुरक्षित गर्भपतन गरेको जानकारी दिइएको हो ।
त्यसैगरी, नेपालका ग्रामीण भेगसम्म महिलालाई सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजारको हाराहारीमा चिकित्सक, नर्स तथा अनमीलाई तालीम प्रदान गरी करिब एक हजार १०० स्वास्थ्य संस्थाबाट सेवा सन्चालान गरेको महाशाखाका निर्देशक डा.नरेशप्रताप केसीले जानकारी दिए ।
नेपालमा २०५९ सालमा मुलुकी ऐनको एघारौं संशोधनमार्फत गर्भपतनले कानुनी मान्यता पाएको दिनको सम्झनास्वरुप तीन वर्षदेखि यसलाई राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसको आयोजना मनाएको हो । ‘सुरक्षित गर्भपतन सेवा: महिलाको प्रजनन अधिकारलाई टेवा’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो ।
नेपाल सुरक्षित गर्भपतन सेवाको भए पनि अझै ५८ प्रतिशत महिलाले असुरक्षित वा सरकारले मान्यता नदिएको संस्था, व्यक्तिबाट गर्भपतन गराइरहेको महाशाखाको तथ्यांकमा उल्लेख छ । धेरै महिलालाई सेवाबारे जानकारी नै नभएको, गर्भपतनप्रतिको समाजको नकारात्मक धारणाका कारणले गर्दा सेवा प्रभावकारी हुन सकेको छैन ।
महाशाखाको तथ्यांकअनुसार गर्भनिरोधका साधनको प्रयोग दरमात्र ४३ प्रतिशत रहेको छ ।
नेपालको संविधान धारा, ३८ (२) ले प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ । सोही अनुरुप गुणस्तरीय सेवा प्रदान गर्न महाशाखाले प्रयत्न गरिरहेको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्