१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


१३४ तहको मतपरिणाम सार्वजनिक, काँग्रेसले सिट संख्या ४० पुर्‍यायो


0
Shares

बुधबार बिहान सम्पन्न मतगणनामा कांग्रेसका यादवले १०९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरमा पनि नेपाली कांग्रेसकै रहिमा खातुन विजयी भइन । उनले १०५३८ मत प्राप्त गरिन ।

योसँगै असोज २ गते भएको प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये १३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो ।

घोषित परिणाममा नेपाली कांग्रेस ४० स्थान जितेर प्रदेश नम्बर दुईमा पहिलो स्थानमा रहेको छ ।

त्यसपछि संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।

अब जम्मा दुई स्थानीय तहको मात्र अन्तिम परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी स्थानमा पर्साको वीरगन्ज महानगरपालिका र सप्तरीको राजविराज नगरपालिका छन् ।

ती स्थानमा मतगणना भइरहेको छ । वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता कायमै राखेको छ ।

अहिलेसम्म संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले १८२३१ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार अजय द्विवेदीले १६४९१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ११००१ मत प्राप्त गरेका छन् ।

राजविराज नगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

राजपाले २०२० मत प्राप्त गर्दा संघीय समाजवादी फोरमका उम्मेदवारले १७११ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १७०१ मत प्राप्त गरेका छन् ।