१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बार्सिलोना, चेल्सी र म्यान्चेस्टर युनाईटेडलाई सफलता, बायर्न पिएसजीसँग पराजित


0
Shares

स्पेनिस क्लव एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले अतिरिक्त समयमा निर्णायक गोल गरे ।

यसअघि एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानले पहिलो गोल गरेका थिए भने चेल्सीका अल्भारो मोराटाले बराबरी गोल गरेका थिए ।

यही समुहको अर्को खेलमा ईटालीको ए.एस रोमाले अजरबैजानको काराबागलाई २-१ ले हराएको छ ।

च्याम्पियन्स लिगअन्तर्गत समुह ए का खेलहरुमा म्यान्चेस्टर युनाईटेड र एफसी बाजल विजयी भएका छन् ।

इङ्गलिस क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए मस्कोलाई ४-१ ले हराँउदा स्विट्जरल्याण्डको एफसी बाजलले पोर्चुगलको बेनिफीकालाई ५-० ले पाखा लगायो ।

समुह बि का खेलहरुमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले जर्मनीको बायर्न म्युनिखलाई ३-० ले हराँउदा स्कटल्याण्डको सेल्टिकले बेल्जीयमको एन्डरलेच्टलाई समान ३-० गोल अन्तरमै पराजित गर्‍यो ।

यसैगरी समुह डि का खेलहरुमा बार्सीलोना र युभेन्टस विजयी भएका छन् ।

स्पेनिस क्लव बार्सीलोनाले पोर्चुगलको स्पोर्टिङलाई १-० ले हराँउदा ईटालीको युभेन्टसले ग्रिसको ओलम्पियाकोसमाथि २-० को जित निकाल्यो ।