
भुटानको थिम्पुमा बुधबार सम्पन्न १८ वर्षमुनिको सो प्रतियोगिता जित्दै नेपाली टोली बिहीबार दिउँसो १ बजे काठमाडौं आइपुगेको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरेका थिए ।
भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार भारतलाई २–० ले हराउँदै नेपालले साविक उपाधि रक्षा गरेको थियो । नेपालको जितमा दुबै गोल दिनेश हेन्जनले गरे ।
दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यु–१९ फुटबलको उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता यु–१८ को ढाँचामा खेलाउन थालिएको हो ।
प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सर्वाधिक अंक प्राप्त गर्ने टोली विजेता बनेको हो ।
नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्