
बिहीबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा उनले निर्वाचनका लागि सबै ऐन–कानुन प्राप्त भएकाले अब कुनै समस्या नरहेको बताए ।
उनले स्थानीय तह निर्वाचनमा उल्लेख्य जनसहभागिता भएकाले निर्वाचन आयोग झन् उत्साहित भएको बताए ।
आगामी दुईओटा निर्वाचनमा मतदाता उत्साहपूर्वकरुपमा सहभागी हुने उनको भनाइ थियो ।
प्रमुख आयुक्त यादवले जनउत्साहकै कारण पनि केन्द्रीय र प्रदेशसभा निर्वाचन सफल हुने बताए ।
उनले निर्वाचन आचारसंहिता पालना गर्नसबै राजनीतिक दलहरुसँग आग्रह गरे ।
निर्वाचन आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारलाई आयोगले कारबाही गर्ने उनको चेतावनी थियो ।
प्रतिक्रिया दिनुहोस्