
काठमाडौं, पुस २६ । नेपाल राष्ट्र बैंकले भारतीय २००, ५०० र २००० दरका नयाँ नोट नेपालमा चलाउन अनुमति दिन अनुरोध गर्दै भारतलाई पत्राचार गरेको छ ।
राष्ट्र बैंकले भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)लाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।
भारतले नोट चलाउन अनुमति नदिँदा २००, ५०० र २००० का भारु नोट नेपालमा चल्दैन ।
नेपालमा हाल आरबीआईले १०० भारतीय रुपैयाँसम्मका नोटमात्र सन्चालनका लागि अनुमति दिएको छ ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले यी नोट चलाउन अनुमति दिन आरबीआईलाई पत्र लेखेको जानकारी दिए ।
नेपाल सरकारको अनुरोधमा भारतलाई पत्राचार गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्