युरोपा लिग फुटबलमा आर्सनल र एसी मिलान विजयी • Image Khabar Image Khabar


युरोपा लिग फुटबलमा आर्सनल र एसी मिलान विजयी


Imagekhabar
१३ आश्विन २०७४, शुक्रबार ०७:०९

युरोपा लिग फुटबलमा आर्सनल र एसी मिलान विजयी

समूह चरणको खेलमा इङ्लिस क्लब आर्सनलले रोमानियाको बाते बोरिसोभलाई उसैको मैदानमा ४-२ ले हरायो ।

आर्सनलका लागि थियो वाल्कोटले दुई तथा रब होल्डिङ र ओलिभर जिरुले एक–एक गोल गरे ।

युरोपा लिगकै खेलमा अर्को इङ्लिस क्लब एभर्टनलाई भने साईप्रसको अपोईल लिमासोलले २-२ गोलको बराबरीमा रोकेको छ ।

उता ईटालीको एसी मिलानले क्रोएसियाको रिजेकालाई ३-२ ले हराउँदा अर्को ईटालीयन क्लब लाजियोले बेल्जियजको जुल्टे वारेगेमलाई २-० ले पराजित गर्‍यो ।

यसैगरी फ्रान्सको मार्सेलाई अष्ट्रियाको साल्जबर्गले १-० ले हराउँदा अर्को फ्रेन्च क्लव लियों ईटालीको एटलान्टासँग १-१ गोलको बरारबीमा रोकियो ।

युरोपा लिगमा रुसको जेनिथले स्पेनको रियाल सोसिडाडलाई ३-१ ले हराउँदा अर्को स्पेनिस क्लब भियारियाललाई ईजरेलको मकाबी तेल अभिभले गोलरहित बराबरीमा रोकेको छ ।

युरोपा लिग फुटबल अन्तर्गत गएराति भएका अन्य खेलमा डाईनाको किभ, ब्रागा, लोकोमोटिभ मस्को र रोजेनबर्ग पनि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्