Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


देश-बिदेशमा बडादशैंको टीका र आर्शिवाद ग्रहण गरिदैं


0
Shares

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीकाप्रसाद आपूmभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिने परम्परा छ ।

दशैं घर तथा पूजा कोठामा राखिएको जमरा देवी विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।

पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा मानिन्छ । जमराले विभिन्न रोगब्याधीमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

गुरु पुरोहित, हजुरबा हजुरआमा, बा–आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

परिवारमा टीका लगाई आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग समेत टीका लगाउन जाने परम्परा छ ।

असत्यमाथि सत्य र आसूरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा यसै दिन भगवान् रामले असत्यको प्रतीकका रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

यस वर्षको बडादशैंको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटमा थियो । टीका लगाउने क्रम आजबाट पाँच दिनसम्म अर्थात कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

पश्चिम नेपालका केही भागमा भने एक दिन मात्र टीका लगाउने चलन भए पनि अहिले पूर्णिमासम्म लगाउने चलन बढेको छ ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दशैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिइन्छ ।