Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


पोखराबाट श्रम स्वीकृति सेवा सुरु


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, पुस २६ । गन्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति सेवा बिहीबारदेखि सुरु भएकोे छ ।

यसबाट श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सेवाको शुभारम्भ गर्दै अब गन्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति लिन सजिलो हुने बताए ।

मन्त्री विष्टले वैदेशिक रोजगारीका लागि युवा जनशक्ति पलायन हुने अवस्था आगामी दिनहरुमा निरुत्साहित गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले प्रधानमन्त्री स्वरोजगार कोष कार्यक्रममार्फत् कृषि क्षेत्रमै २० लाख रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको बताए ।

अबको पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने महवात्कांक्षी योजना सरकारको रहेको श्रममन्त्री विष्टको भनाइ थियो ।

उनले कामप्रति उच्च सम्मान गर्ने वातावरण स्वदेशमै सिर्जना नभएसम्म रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अवस्था अन्त्य नहुने उल्लेख गरे ।

बिहीबारदेखि सुरु भएको श्रम स्वीकृति लिन पोखरामा युवाहरुको भीड लागेको थियो । बिहीबारमात्रै १५ जनाले श्रम स्वीकृति लिएका जनाइएको छ ।