
यसैबीच कलिङ युद्धपछि हतियार छाडेर सम्राट अशोकसँगै बौद्धमार्गी बनेको तुलाधर समुदायले आफ्नो नयाँ पुस्तालाई पुर्खाको बीरताबारे जानकारी दिन खड्ग जात्रा मनाएका छन् ।
काठमाडौंको असनका तुलाधर समुदायले दशैंसँगै खड्ग जात्रा मनाएका हुन् । अन्य खड्ग जात्राभन्दा भिन्न यो जात्रामा तुलाधर समुदायका स–साना बालक र किशोर सहभागी हुन्छन् ।
अन्य जात्रामा सबैभन्दा जेष्ठ व्यक्तिले नेतृत्व गरेका हुन्छन् भने खड्ग जात्रामा सबैभन्दा सानो बालकले नेतृत्व गरेको हुन्छ । यसपटक दुई वर्षिय बालक सायोन तुलाधरले खड्गजात्राको नेतृत्व गरेका थिए ।
असनको मूल घरबाट निकालिने खड्ग जात्रा अन्नपूर्ण देवी र गणेश मन्दिर परिक्रमा गरी त्यही घरको चोकमा आसुरी शक्तिको प्रतिक कुभिन्डो काटेर समापन गरिन्छ ।
काठमाडौंको ऐतिहासिक बजार असनका वासिन्दाले दशैंको टीकाको दोस्रो दिन आज असंचालंको नाममा टिका लगाएर दशैंसमेत मनाएका छन् ।
असनका तुलाधर, ताम्राकार, स्थापितलगायत उदाय समुदायले एकादशी तिथिमा विजया दशमीको टीका लगाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्