२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालमा उत्पादित दुग्धजन्य पदार्थ चीन निर्यात


0
Shares

यहाँ उत्पादित दुग्धजन्य सामान छिमेकी मुलुक चीनतर्फ निकासी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

यहाँका चौरीपालक किसानले उत्पादन गरेको चौरीको घिउ र दूधबाट उत्पादित विभिन्न परिकार चीनमा निर्यात हुने गर्छ ।

दुग्धजन्य पदार्थको माग बढ्दै गएपछि यहाँका किसान मिलेर डेरी उद्योगसमेत सञ्चालनमा ल्याएका छन् । उद्योगले प्रतिलिटर ५० रुपैयाँका दरले दूध किन्ने गरेको छ ।

चौरीको दूधबाट बनाइएका छुर्र्पी, घिउ र चिज नेपाली ठेकेदारले संकलन गरी निकासी गर्ने गरेका छन् ।

किसानबाट संकलित दूधबाट उत्पादिन विभिन्न सामाग्री बिक्रीवितरण गरेर यहाँका उद्योगले मासिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

तिप्लिङको पसाङ क्षेत्र चौरीपालनका लागि उपयुक्त भएकाले व्यावसायिक चौरीपालनमा सरकारले सहयोग गर्नुपर्ने माग किसानले राखेका छन् ।