
काठमाडौं, पुस २६ । बुधबार निधन भएका वरिष्ठ होटल तथा पर्यटन व्यवसायी गोविन्ददास श्रेष्ठको पार्थिव शरीरमा बिहीबार अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।
काठमाडौंको होटल र्याडिसनका अध्यक्षसमेत रहेका ८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लीलावती अस्पतालमा क्यान्सरको उपचारकाक्रममा बुधबार निधन भएको हो ।
श्रेष्ठको शव बिहीबारै काठमाडौं ल्याइएको हो ।
होटल र्याडिसनमा राखिएको श्रेष्ठको पार्थिक शरीरमा उनका आफन्त, उद्योगी–व्यवसायी र होटलका कर्मचारीहरुले श्रद्धाञ्जलि दिएका थिए ।
श्रेष्ठको बिहीबारै देवघाटमा दाहसंकार गरिने परिवारले जनाएको छ ।
५० वर्षभन्दा बढी समय पर्यटन व्यवसायमा संलग्न श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्