
सेन्वेस पार्कमा भएको खेलमा पाहुना टोली बंगलादेश तीन सय ३३ रनले पराजित भएको हो ।
पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले ३ विकेटको क्षतिमा चार सय ९६ रन बनाउँदै इनिङ्स समाप्ति ग¥यो ।
डिन एल्गारले एक सय ९९ तथा हसिम अम्लाले एक सय ३७ रन बनाए । जवाफमा बंगलादेशले ममिनुल हकको ७७ रनको मद्धतले तीन सय २० रन बनायो ।
दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा दुई सय ४७ रन बनाउँदै इनिङ्स समाप्ति गर्दै चार सय २४ रनको चुनौती दियो ।
तर बंगलादेश ९० रनमै समेटियो । तीन खेलाडीलेमात्र दोहोरो अंक जोडेको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा पहिलो इनिङ्समा ३ विकेट लिएका केशव महाराजले ४ विकेट झारे ।
एल्गार म्यान अफ द म्याच भए । दुई खेलको श्रृंखलाको दोस्रो तथा अन्तिम खेल शुक्रबारदेखि म्यानगुङ्ग ओभलमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्