
माओवादी सचिवालय बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष दाहालको नेतृत्वमा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गरेको हो ।
चुनावमा एमालेसँग तालमेल गरेर जाने निर्णय भएको, त्यसका लागि कहाँ, कसरी तालमेल गर्ने भन्ने विषयमा सबै निर्णय गर्ने जिम्मा अध्यक्ष नेतृत्वको समितिलाई दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
सो समितिलाई मुलुकको आवश्यकता हेरी तालमेल वा पार्टी एकतासम्मको निर्णय लिनसक्ने गरी जिम्मेवारी दिइएको छ ।
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्टै माओवादीले यस्तो निर्णय गरेको हो । तालमेलका लागि केही समययता एमाले र माओवादी नेताहरुबीच अनौपचारिक छलफल भइरहेको थियो ।
यसबारे माओवादी नेतृत्व र एमाले नेताहरुबीच सम्भवतः आज छलफल हुनसक्ने बताइएको छ । सुरुमा चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने तयारी भइरहेको दावी दुबै दलका नेताहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्