
नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवामा गरेको पत्रकार भेटघाटमा महामन्त्री कोईरालाले सत्ता गठबन्धनमा सहभागि दलहरु आसन्न निर्वाचनमा पनि मिलेर जानुपर्नेमा जोड दिए ।
लोकतन्त्रवादी शक्ति मिलेमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि अढ्न सक्ने बताउँदै उनले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।
समृद्ध राष्ट्र निर्माणका लागि आगामी दिनमा पनि काँग्रेसको सरकार आवश्यक रहेको बताउँदै प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसलाई अग्रपंक्तिमा पुर्याउन उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्