१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एमालेसँग तालमेलको चर्चालगत्तै प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता


0
Shares

आज(मंगलबार) विहान बालुवाटारमा झण्डै एक घण्टा भएको छलफलमा अध्यक्ष दाहालले नेकपा एमालेसँग पार्टी एकीकरण एवं संघ र प्रदेशको चुनावमा हुन लागेको तालमेलका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

दुबै नेताबीच संविधान संशोधन, आसन्न चुनाव र संसदमा पेश भएको विधेयकबारे पनि छलफल भएको थियो ।

पार्टी सचिवालयको बैठक सकिएलगत्तै दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

सचिवालय बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका सम्बन्धमा भइरहेको छलफलबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

अधिकांश सचिवालय सदस्य एमालेसँगको तालमेलका पक्षमा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।