२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कास्की कांग्रेसबाट १ सय ५९ जना आकांक्षीको नाम पठाइयो


0
Shares

सोमबार जिल्ला कार्यसमितिमा क्षेत्रिय समिति गरेका केन्द्र र प्रदेशसभा निर्वाचनका लागि १ सय ५९ जनाको नाम जस्ताको तस्तै केन्द्रमा पठाएको छ ।

कास्कीका केन्द्रमा ३ र प्रदेशमा ६ वटा पदका लागि क्षेत्रीय समितिहरुमा १ सय ५९ जनाको निवेदन परेको हो ।

जिल्ला समितिले उम्मेदवारहरुको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नं १ मा ५९, क्षेत्र नं २ मा ४५ र क्षेत्र नं ३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय समितिहरुले जनाएका छन् ।

बैठकमा पार्टी भित्रको मर्यादा क्रमलाई ध्यान दिएर नाम केन्द्रिय समितिमा सिफारिस गरेको नेपाली काग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले बताए ।

उनले सबै नाम पठाउने की केही नाम मात्र पठाउने भन्ने बारेमा मंगलबार बसेको कास्की काग्रेसका पदाधिकारी र क्षेत्रिय समितिको राय अनुसार नै नाम केन्द्रमा पठाएको बताए ।

कास्की क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षततर्फ र्र्मान कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, फत्ते वहादुर गुरुङ्ग, गुरु बराल, तिलक रानाभाट, कृष्ण बहादुर कार्कीले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय सभापति विर्जमान गुरुङ्गले जानकारी दिए ।

त्यस्तै गरी प्रतिनिधिसभाको समानुपातिकतर्फ गौरी सापकोटा, सरस्वती गुरुङ्ग, परशुराम वी पोखरेल, पदमशरण रेग्मी, तारा अधिकारी र हुम वहादुर गुरुङ्गले आकाँक्षा देखीएका छन् ।

क्षेत्र नं १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्पm २३, समानुपातिकतर्फ ८, क्षेत्र नं १ (ख) को प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ८ जनाले निवेदन दिएका छन् ।

यसरी नै क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सोभियत वहादुर अधिकारी, ऋृषिराम काफले, देवराज चालिसे, युवराज लामिछाने, डा परमेश्वर पोखरेल र गुरु प्रसाद बरालले निवेदन दिएको क्षेत्रीय सभापति विजय आचार्यले बताए ।

त्यस्तै समानुपातिकतर्फ रजनी केसी, सकुन्तला कोइराला, प्राडा रामचन्द्र पोखरेल, खेम कुमारी बराल, विन्दा देवी आले, गंगा बहादुर खत्री र पद्मसिंह गुरुङ्ग उम्मेदवारको आकाँक्षी छन् ।

प्रदेशसभा क्षेत्र नं २ (क) को प्रत्यक्ष र समानुपातिकमा ५ र ५ जना आकांक्षी छन् । क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ १० र समानुपातिकमा ९ जना उमेदवारको आकाँक्षी रहेको उनले बताए ।

यस्तै क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्पm सांसद शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ्ग, खेमराज पौडेल, वावुराम आचार्य, दीपक गुरुङ्ग र भरतजंग कुंवर रहेका छन् ।

त्यसै गरि समानुपातिक तर्फ भोला थापा, सुरेन्द्र वहादुर भारी, कृष्ण कुमारी परियार, रामजी कुंवर, गौमती थापा, गँगा केसी, मन वहादुर विश्वकर्मा लामगादे, राम प्रसाद अधिकारी र पोषनाथ शर्माले आकाँक्षा देखाएको क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं ३ (क) को प्रत्यक्षतर्पm ८, समानुपातिकतर्पm १७, क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्पm ८ र समानुपातिकतर्फ ६ जनाले उम्मेदवार बन्न निवेदन दिएको उनले बताए ।

आज बसेको जिल्ला समितिको बैठकले तीन वटै क्षेत्रका क्षेत्रिय समितिहरुले पठाएका नाममा छलफल भएको कास्की काँग्रेसका प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।