 
	    प्रतियोगितामा नेपालका खेलाडीहरुको प्रदर्शन र व्यवहारमाथि छानविन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपले हिजो छानविन समिति गठन गरेको छ ।
राखेपका बोर्ड सदस्य गंगाबहादुर मगरको संयोजकत्वमा गठित छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
समितिमा रोखपका तालिम तथा प्रशिक्षण विभागका निर्देशन नविन उप्रेती, खेलकुद विकाश विभागका प्रसाशकिय अधिकृत ज्ञानेन्द्र श्रेष्ठ, प्रशाशन विभागका भोजानन्द राई र युवा तथा खेलकुद मन्त्रालयका उपसचिवस्तरका एक जना कर्मचारी सदस्य रहनेछन् ।
अस्गाबातमा भएको एसियन ईन्डोर तथा मार्शल आर्ट्स गेम्समा नेपालले कुनैपनि पदक जित्न सकेको थिएन भने केही नेपाली खेलाडीहरुले विभिन्न प्राविधिक कारण देखाँउदै प्रतिस्पर्धा गर्नै पाएका थिएनन् ।
प्रतियोगितामा सहभागि १८ नेपाली खेलाडीमध्ये तीन जनाले प्रतिस्पर्धा गर्नै छुटाएका थिए ।
यसैगरी तेक्वान्दो खेलाडी निमा गुरुङ समयमै अस्गाबात पुग्न नसक्दा उद्घाटन समारोहको मार्च पासमा उनले बोक्ने तय गरिएको नेपालको राष्ट्रिय झण्डा अर्का तेक्वान्दो खेलाडी बिर बहादुर महाराले बोक्नुपरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्