
आयोगले १ सय ६५ निर्वाचन क्षेत्रका लागि सोही संख्यामा अधिकृत नियुक्त गर्न लागेको हो ।
नियुक्ति पाएका अधिकृतलाई अभिमुखीकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने तयारी आयोगको छ ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहेका छन् ।
त्यसका लागि १ करोड ७० लाखको हाराहारीमा आयोगले मतपत्र छाप्दै छ । समानुपातिकका लागि हिजैदेखि आयोगले मतपत्र छाप्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्